राजीनामा दिने प्रधानमन्त्री ओलीको संकेत, अन्य दलहरुसँग परामर्श गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने मनशाय व्यक्त गरेका छन् ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले आफू राजीनामा दिन तयार रहेको संकेत गरेको एक नेताले बताए ।

ओलीले राजीनामा दिनुअघि अन्य राजनीतिक दलहरुसँग पनि परामर्श गर्ने बताएका छन् ।

मुलुकलाई निकास दिने पक्षमा प्रधानमन्त्री रहेको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वाेच्च अदालतले उल्ट्याइ दिएपछि उनी नैतिक दवावमा परेका हुन् ।

ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरेका थिए ।

प्रतिनिधि सभा विघटन संविधानविपरीत भएको ठहर गर्दै अदालतले मंगलबार संसद पुनस्र्थापना गर्ने फैसला सुनाएको थियो ।

प्रतिक्रिया

TOP