देउवा निवासमा प्रचण्ड-नेपाल, प्रधानमन्त्री बन्न देउवालाई औपचारिक प्रस्ताव गर्ने

काठमाडौं : सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेपछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

प्रचण्ड र नेपाल सम्भावित सत्ता सहकार्यबारे छलफल गर्न देउवा निवास पुगेका हुन्।

प्रचण्ड र नेपालले सार्वजनिक रुपमै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने बताउँदै आएका थिए ।

नेकपा दुई समूहमा विभाजित भएपछि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देउवासँग सत्तासाझेदारी गर्ने प्रचण्ड नेपालको तयारी छ ।

तर कांग्रेस सभापति देउवाले भने अहिलेसम्म कुनै पनि औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।

प्रतिक्रिया

TOP