
काठमाडौं : स्पार्क हेल्थ होम अस्पतालले स्थापनाको २९ औं वार्षिकोत्सव मनाएको छ ।
मंगलबार अस्पतालले एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको हो ।
काठमाडौंको सोल्टीमोडमा रहेको स्पार्क अस्पताल प्राकृतिक चिकित्सा तथा फिजियोथेरापी क्षेत्रको अग्रणी अस्पतालका रुपमा परिचित छ ।
अस्पतालका निर्देशक रुपेश अधिकारीले पछिल्लो समय प्राकृतिक चिकित्साको महत्व अझै बढेको भन्दै सेवा लिन आउनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको बताए ।
मानिसको जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण दीर्घ रोग बढेको र यसले निम्त्याउने जटिलतालाई प्राकृतिक चिकित्सा तथा फिजियोथेरापी महत्वपूर्ण हुने अधिकारीले बताए।
वार्षिकोत्सवको अवसर पारेर अस्पातलले स्वास्थ्य पत्रकार मञ्च नेपालको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुका साथै सम्मान गरेको थियो।
अस्पतालले हरेक वर्ष प्रदान गर्दै आएको ‘इम्प्लोइ अफ द इअर’ को अवार्ड अस्पतालकी रिसेप्सनिस्ट झुमा बलामीलाई प्रदान गरिएको थियो।
अस्पतालले ११ हजार राशीको उक्त पुरस्कार हरेक वर्ष एक जना उत्कृष्ट कर्मचारीलाई दिंदै आएको छ।
प्रतिक्रिया