संसद विघटनको कदम सर्वाेच्चले खारेज गरेपछि ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय समूहको स्थायी कमिटी बैठक बोलाएका छन् ।

संसद विघटन गर्ने कदम सर्वाेच्च अदालतले उल्ट्याइदिएपछि नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफ्नो समूहको बैठक बोलाएका हुन् ।

उनले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको सरकारका प्रवक्तासमेत रहेका नेकपाका नेता पार्वत गुरुङले जानकारी दिए।

प्रधानमन्त्री ओलीले अदालतको फैसलालगत्तै हिजो नै बालुवाटारमा आफूनिकट केही नेताहरुसँग परामर्श गरेका थिए।

आज स्थायी कमिटी बैठकको निर्णय अनुसार ओलीले आगामी रणनीति बनाउने बुझिएको छ ।

सर्वाेच्चको फैसलालाई स्वीकार गरेर राजीनामा दिन विपक्षी दल र नागरिक समाजका अगुवाहरुले ओलीलाई सुझाएका छन् ।

ओलीनिकट नेताहरु भने तत्काल राजीनामा नदिने बताउँदै आएका छन् ।

अदालतले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन सरकारलाई निर्देशन दिइसकेको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर बैशाखमा मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।

प्रतिक्रिया

TOP