सोमबार, कार्तिक १ २०७८

प्रादेशिक अस्पताल तुलसीपुरमा कोरोना उपचार युनिट

प्रादेशिक अस्पताल तुलसीपुरमा कोरोना उपचार युनिट


Nepal Manch
असोज २२ २०७८, शुक्रबार

दाङ । कोरोनाभाइरस संक्रमण बढदै गएपछि लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल बेलझुण्डी तुलसीपुरमा स्थानान्तरण भएको छ ।
राप्ती प्रादेशिक तुलसीपुर अन्तर्गत रहेको कोरोना विशेष अस्पताल बेलझुण्डी प्रादेशिक अस्पताल तुलसीपुरमा अब एक युनिटका रूपमा रहन लागेको हो ।

अस्पतालमा स्थानान्तरण भएपछि अस्पताल भित्र कोरोना युनिटको रूपमा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

डेढ वर्ष अगाडी कोरोना नियन्त्रण गर्न र कोरोना उपचारको सहजताका लागि कोरोना विशेष अस्पताल निर्माण गरिएको थियो ।

प्रदेश सरकारको निर्णयबाट नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अधययन संस्थानको भवन प्रयोग गरेर कोरोना अस्पताल सञ्चालन गरिएको थियो ।

करिब १८ महिना बेलझुण्डीमा कोरोना अस्पताल सञ्चालन हुँदा विभिन्न समस्याहरू व्यहोर्नु परेको र धेरै कठिनाइसँग समेत जुध्नु परेको थियो ।

विद्यार्थीको आन्दोलनदेखि स्थानीयहरूको असहयोगसम्मको चुनौती र उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरूको बसाइ व्यवस्थापनमा समस्या झेलेको अस्पतालले यो अवधिमा एक हजार ४८ जना कोरोना संक्रमितहरूको उपचार गरेको देखाएको छ ।

भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल संचालन गरेको थियो ।

अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपछि कोरोना विशेष अस्पताललाई तुलसीपुरमा स्थानान्तरण गरिएको र अस्पतालको युनिटको रूपमा सञ्चालनमा ल्याएएको कोरोना अस्पतालका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए ।

प्रादेशिक अस्पतालको प्राङगनमा नै कोरोना युनियट स्थापना भएपछि सबै प्रकारको सहज हुने र चिकित्सकीय पहुँच पनि बढ्ने उनले बताए ।

कोरोना उपचार युनिटमा अहिले २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू र १० वेडको एचडीयू गरी ६० वेड व्यवस्थापन गरिएको छ ।

असहज भएमा थप एक सय बेडको व्यवस्थापन हुने अस्पतालमा पूर्वाधार तयार भएको अस्पताल प्रसासनले बताएको छ ।

बेलझुण्डीका एक सय बेडको कोरोना अस्पताल सञ्चालनमा आएको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट