सोमबार, कार्तिक १ २०७८

नवनियुक्त १६ मन्त्री तथा २ राज्यमन्त्रीले लिए शपथ

नवनियुक्त १६ मन्त्री तथा २ राज्यमन्त्रीले लिए शपथ


Nepal Manch
असोज २२ २०७८, शुक्रबार

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट