कोरोना संक्रमितलाई रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापी प्रभावकारी

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विरामीलाई रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापीको संयुक्त प्रयोग सुरक्षित र प्रभावकारी भएको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययन अनुसार कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापीको प्रयोग प्रभावकारी देखिएको हो ।

‘गम्भीर लक्षण देखिएका कोरोना संक्रमितमा संयुक्त उपचार पद्धति प्रयोग गर्दा नेपालमा प्रभावकारी देखियो,’ परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले भने ।

कन्भालेसेन्ट प्लाज्मा पाएका अधिकांश बिरामीमा बढी गम्भीर र खतरापूर्ण संक्रमण देखिएको ज्ञवालीले जानकारी दिए ।

परिषद्ले गरेको अध्ययनमा रेम्डेसिभिर प्रयोगले मध्यम संक्रमण भएका बिरामीहरूको निको हुने दर ९८.४ प्रतिशत देखाएको छ ।

कन्भालेसेन्ट प्लाज्मा मात्र पाएका बिरामीको निको हुने दर ३९ प्रतिशत छ ।

त्यस्तै रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै प्रयोग गरि निको हुने बिरामीको दर ५४ प्रतिशत रहेको परिषदद्वारा सार्वजनिक गरिएको अध्ययनमा उल्लेख छ।

अध्ययनले ५ प्रतिशतभन्दा कम बिरामीमा मात्र प्रतिकुल असर परेको देखाएको छ।

देशभरका ३० वटा अस्पतालका १ हजार ३ सय १५ जना बिरामीका बीच अध्ययन गरिएको थियो र्। २०२० जुलाईदेखि अक्टोबरसम्म अध्ययन गरिएको थियो ।

बागमती प्रदेशबाट ७१ दशमलभ १ प्रतिशत, लुम्बिनी प्रदेशबाट १२ दशमलभ ८ प्रतिशत र प्रदेश २ बाट ७ दशमलभ १ प्रतिशत बिरामीहरु सहभागि थिए।

सहभागिहरुको औसत उमेर ५५ वर्ष रहकोमा ७३ दशमलभ ७ प्रतिशत पुरुष २५ दशमलभ ६ प्रतिशत स्वास्थ्यकर्मी रहेको परिषद्ले जनाएको छ ।

धेरै बिरामीहरु मुटुरोग, मधुमेह, उच्च रक्तचाप, धूम्रपान र फोक्सोको दीर्घरोगी रहेको थिए ।

प्राय जसो संक्रमितहरुलाई ज्वरो, खोकी र सास फेर्न गाह्रो हुने लक्षण थिए ।

परिषद्का अुनुसार ८३ दशमलभ ६ प्रतिशत बिरामीले रेम्डिसिभिर मात्र प्रयोग गरेका थिए भने ५ दशमलभ ८ प्रतिशत बिरामीले कन्भालेसेन्ट प्लाज्मा र १० दशमलभ ६ प्रतिशत बिरामीले दुवै उपचार पाएका थिए ।

बिरामीमध्ये ७४ प्रतिशत पूर्णरुपमा निको भएर घर फर्किएका थिए भने ४ दशमलभ ४ प्रतिशत बिरामीमा दीर्घकालिन असर देखिएको थियो ।

२१ दशमलव ६ प्रतिशत बिरामीको मृत्यु भएको परिषद्ले जनाएको छ ।

मध्यम र गम्भिर बिरामीलाई कोभिड १९ को उपचार गर्न रेम्डिसिभिर मात्र प्रयोग गरिएको थियो जसमध्ये ८४ प्रतिशत बिरामीहरु निको भई डिस्चार्ज भए ।

रेम्डिसिभिर मात्र प्रयोगले मध्यम संक्रमण (जटिल निमोनिया नभएका) भएका बिरामीहरुको निको हुने दर ९८ दशलभ ४ प्रतिशत रहेको थियो ।

अनुसन्धानका अनुसार कन्भालेसेन्ट प्लाज्मा पाएका अधिकाशं बिरामीमा बढी गम्भीर र खतरापूर्ण संक्रमण देखिएको थियो ।

यी बिरामीमध्ये कन्भालेसेन्ट प्लाज्मा मात्र पाएका बिरामीको निको हुने दर ५४ प्रतिशत थियो ।

मृत्यु भएका अधिकाशं बिरामीमा कडा र खतरामुक्त कोभिड १९को संक्रमण भएको थियो ।

जसलाई सघन उपचार र भ्यान्टिलेटरको आवश्यकता परेको परिषदको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

TOP