
चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् ।
उनले अलिकति लाज, घिन र नैतिकता भए तत्काल राजीनामा दिन ओलीलाई सुझाएका हुन् ।
‘केपीजी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस्’, प्रचण्डले भने ।
साथै उनले तत्काल ओलीसँग कुनै पनि प्रकारको सहकार्य नहुने स्पष्ट पारे ।
प्रतिक्रिया