
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच टेलिफोन कुराकानी भएको छ ।
सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेपछि देउवा र प्रचण्डबीच टेलिफोन कुराकानी भएको हो ।
दुई नेताले सर्वाेच्चको फैसलालाई स्वागत गर्दै बधाई साटासाट गरेको प्रचण्डले बीबीसीसँगको कुराकानीमा खुलासा गरे ।
सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेपछि देउवा र प्रचण्डबीच टेलिफोन कुराकानी भएको हो ।
‘सत्तासहकार्यबारे कुनै कुराकानी भएन,’ प्रचण्डले बीबीसीसँग भने, ‘यसबारेमा बुधबार हामीबीच छलफल हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूहले विरोध गर्दै आएको थियो । दुबै दल प्रधानमन्त्रीको कदमविरुद्ध सडक आन्दोलनमा थिए ।
प्रतिक्रिया