
काठमाडौं : नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले संसद पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।
पुनर्स्थापित प्रतिनिधि सभामा कांग्रेसकातर्फबाट संसदीय दलका प्रमुख सचेतक खाणले अदालतको फैसलाले न्यायपालिकाको शिर ठाडो भएकोसमेत बताए ।
‘नेपाली जनता र नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षामा सर्वाेच्च अदालतबाट संसद पुनर्स्थापना हुने फैसलाको सम्मान गर्दछु,’ नेता खाणले भने, ‘इतिहासमा यो निर्णयले न्यायपालिकाको शीर ठाडो भएको छ । नेपाली जनताको जीत भएको छ।’
प्रमुख सचेतक खाणले तत्काल संसद बैठक बसेर देशलाई निकास दिनुपर्नेमा जोड दिएका छन् ।
साथै उनले सर्वाेच्च अदालतलाई ऐतिहासिक निर्णयका लागि धन्यवाद दिएका छन् ।
म सम्माननीय अदालतलाई हार्दिक धन्यवाद दिन चाहन्छु र सम्पुर्ण नेपाली जनतालाइ बधाई दिन चाहन्छु’ उनले भने ।
प्रतिक्रिया