सर्वाेच्चको फैसलाले लोकतन्त्र र संविधानवादको जीत भएको छ : राणा

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले सर्वाेच्च अदालतको फैसलाले लोकतन्त्र र संविधानवादको जीत भएको बताएका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई खारेज गर्ने सर्वाेच्चको फैसला स्वागतयोग्य भएको राणाले बताए ।

उनले अदालतको फैसलाले समग्र न्यायालयमाथि नागरिकको थप विश्वास बढ्नुका साथै अदालतको गरिमा पनि बढेको बताए ।

‘अदालतप्रतिको गरिमा थप उचो भएको छ, लोकतन्त्र र संविधानवादको जीत भएको छ,’ राणाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

उनले संविधानलाई कुल्चेर सनकका भरमा शासन गर्ने प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई अदालतले सच्याएको टिप्पणि गरे।

‘मुलुक सञ्चालन शासकको सनकले होइन, विधिविधानले हुनुपर्दछ भन्ने कुरा सर्वोच्चले स्थापित गरिदिएको छ,’ उनले भने, ‘संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सम्मानित अदातलले खारेज गरिदिएको छ।

प्रतिक्रिया

TOP