बुधबार, मंसिर २२ २०७८

न्यायको खोजी गर्दै हिँडेरै बाँकेका महिला काठमाडौंमा, खुट्टामा फाेकै फाेका (तस्बिरसहित)

न्यायको खोजी गर्दै हिँडेरै बाँकेका महिला काठमाडौंमा, खुट्टामा फाेकै फाेका (तस्बिरसहित)


Nepal Manch
असोज २२ २०७८, शुक्रबार

काठमाडौं । न्यायको खोजी गर्दै बाँकेका महिलाहरु पैदलै काठमाडौं आएका छन् ।

बाँकेमा भएका दुई घटनाका बिषयमा स्थानीय प्रशासनले कुनै चासो नदेखाएको भन्दै उनीहरु नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका हुन् ।

बाँकेको नेपालगन्जबाट न्याय माग्दै हिँडेर काठमाडौं आइपुगेकाहरूको खुट्टैखुट्टामा फोका उठेको छ ।

महिला हिंसाविरुद्ध र न्यायका लागि नेपालगन्जबाट पैदलयात्रा गरेर काठमाडौंसम्म आइपुगेका महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जनाको खुट्टामा फोकैफोका उठेको छ ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरुको भनाई छ ।

उनीहरुले बाँके जिल्लाका एसपी श्यामकृष्णा अधिकारी तथा डिएसपी मधुसुधन न्यौपानेलाई बिभागीय कारवाही गर्न पनि माग गरेका छन् ।

काठमाडौं आउनुभएकी राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी उपमहासचिव रुवी खानले दुई घटनामा जाहेरी दिएको ९ महिना बित्दा पनि बाँके प्रशसान मौन रहेपछि आफुहरु बाध्य भएर काठमाडौ आउनुपरेको बताईन।

शुक्रबार माइतिघरमा उनीहरुले महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार देखिएको व्यानर प्रदर्शन गरेका थिए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट