सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

उनले अदालतको फैसला लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै आफूले सुरुदेखि नै अदालतलाई स्वतन्त्र रुपमा फैसला गर्न दिनुपर्ने पक्षमा रहँदै आएको उल्लेख गरेका छन् ।

उनले सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको उल्लेख गरे ।

देउवाले लेखेका छन्,

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ। संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु। नेपाल ।

प्रतिक्रिया

TOP