संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई सर्वाेच्चद्वारा खारेज : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन कुमार थापाले संविधानविरुद्ध षड्यन्त्र गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुस्साहसलाई सर्वाेच्च अदालतले खारेज गरिदिएको टिप्पणि गरेका छन् ।

सर्वाेच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई खारेज गरिदिएपछि नेता थापाको यस्तो प्रतिक्रिया आएको हो ।

अदालतको फैसला लगत्तै ट्वीटरमा लेख्दै थापाले भने, ‘हामी सबैलाई बधाई छ । संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।’

उनले अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको उल्लेख गरे ।

प्रतिक्रिया

TOP