सोमबार, कार्तिक १ २०७८

कांग्रेसका ११ जिल्ला सभापतिमा ७ जना देउवा पक्षीय विजयी

कांग्रेसका ११ जिल्ला सभापतिमा ७ जना देउवा पक्षीय विजयी


Nepal Manch
असोज २१ २०७८, बिहिबार

काठमाडौं : नेपाली कांग्रेसको सम्पन्न ११ जिल्ला सभापतिको निर्वाचनमा सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरु विजयी भएका छन् ।

आज विहानसम्म आएका विभिन्न जिल्लाको मतपरिणाम अनुसार ताप्लेजुङ, मनाङ, रुकुम पूर्व, हुम्ला, रामेछाप, मुगु, गोरखा, संखुवासभा, कालिकोट, दोलखा र मुस्ताङको जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

ताप्लेजुङका गजेन्द्र तुम्याहाङ्, मनाङका शंकर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहन विक्रम शाही, रामछापका कान्छाराम लामा, मुगुका ऐनबहादुर शाही र गोरखाका नन्दप्रसाद न्यौपोने देउवा पक्षीयी सभापतिहरु हुन् ।

त्यस्तै संखुवासभाका दिपक खड्का र मुस्ताङका रोमी गौचन महामन्त्री शशांक कोइराला निकट हुन् ।

त्यस्तैगरी दोलखाका सभापति बर्मा लामा जिपछिङ लामा निकट हुन् । उनी पनि देउवा पक्षमै आउने सम्भावना छ । कालिकोट अम्मबहादुर शाही भने नेता रामचन्द्र पौडेल निकट हुन् । हालसम्म सम्पन्न भएका ११ जिल्ला सभापतिहरुमा देउवा पक्षले एकलौटी पकड जमाएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट