बालुवाटारमा प्रधानमन्त्रीको ७० औं जन्मदिन मनाइयो, बुबाले लगाइदिए टीका (फोटोफिचर)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं जन्मदिन आज मनाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जन्मदिन मनाइएको हो ।

जन्मदिनमा परिवारका सदस्य र सीमित ओली निकट शीर्ष नेतामात्र सहभागि थिए ।

ओलीलाई उनका बयोबृद्ध बुबा मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए ।

अघिल्लो वर्ष प्रधानमन्त्री ओलीको जन्मदिन नेकपाका सचिवालय बैठकमा मनाइएको थियो ।

अहिले नेकपा दुई समूहमा विभाजित भएको छ।

एउटा समूह सडक संघर्षमा छ भने ओली नेतृत्वको समूह सरकार सञ्चालनमा छ ।

प्रतिक्रिया

TOP