
काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद् बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाइएको राजनीतिक प्रतिबन्ध फुकुवा गर्नेबारे छलफल भएको छ ।
आज बिहान बसेको सुरक्षा परिषद् बैठकमा विप्लव समूहमाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्ने कि नगर्ने भन्नेमा छलफल भएको उच्चस्रोतले जानकारी दिएको छ ।
सरकार र विप्लव समूहबीच वार्ताको लागि तयारी भइरहेका बेला सुरक्षा परिषद् बैठकमा प्रतिबन्ध फुकुवा बारे छलफल भएको हो ।
सरकारले दुई वर्षअघि विप्लव नेतृत्वको नेकपाले हिंसात्मक गतिविधि बढाएको भन्दै प्रतिवन्ध लगाएको थियो ।
विप्लव नेतृत्वको नेकपा भूमिगत राजनीति गर्दै आएको छ । उक्त समूहका अधिकांश शीर्ष नेताहरु प्रहरी हिरासतमा छन् ।
शनिबार विप्लवले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण राजनीतिमा आउने वातावरण तयार भए आफ्नो दल वार्तामा आउन सकारात्मक रहेको जनाएका थिए ।
विप्लव समूहका नेताहरुसँग सरकारका तर्फबाट पनि अनौचारिक कुराकानी भइरहेका छन् ।
वार्ताका लागि विप्लव समूह तयार भएपनि औपचारिक वार्ताको मिति भने तय भइसकेको छैन ।
प्रतिक्रिया