२०७७, २४ फाल्गुन सोमबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
किन ओरालो लाग्यो सेयर ?
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन ११ मंगलवार
  •  
  •  
  •  
  •  

175

काठमाडौं : मंगलबार प्रि-ओपन सेसनमा बढेर खुले पनि नियमित कारोबार सुरु भएसँगै सेयर बजारमा पहिरो गएको छ ।

कारोबार सुरु भएको दुई घण्टा बित्दा बजार परिसूचक नेप्सेमा ८७.४९ अंकको पहिरो जाँदा २५२०.१७ अंकमा झरिसकेको छ ।

संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा बहस सकिसकेको अवस्थामा सर्वोच्चको निर्णयपछि राजनीतिमा हुनसक्ने अनेक अड्कलबाजी र हल्लाले गर्दा सेयर बजार प्रभावित भएको छ ।

नेप्सेमा सबै उपसूचक रातम्यै हुँदा कारोबारमा आएका चार कम्पनीबाहेक सबैको सेयर मूल्य घटेको छ ।

हल्लाकै भरमा लगानीकर्ता बजारबाट बाहिरिन खोज्दा कारोबार सुरु भएको दुई घण्टामै ५ अर्बमाथिको कारोबार भएको छ ।

दिउँसो १ बजेसम्म ५४० हजार ८३७ कारोबारमा १९८ कम्पनीको ९७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोडको कारोबार भएको छ ।

अन्य र हाइड्रोपावर उपसूचक ४ प्रतिशतमाथिको पहिरो जाँदा बैंकिङ, जीवन र निर्जीवन बिमा, वित्त कम्पनी उपसूचक ३ प्रतिशत र विकास बैंक उपसूचकमा साढे ३ प्रतिशतमाथिको पहिरो गएको छ ।

भर्खरै