काठमाडौंः काठमाडौं उपत्यकाका ८ सय स्वास्थ्यकर्मीमा कोभिड–१९ परीक्षण गरीएकोमा सबैभन्दा बढी नर्स संक्रमित भएको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डिसेम्बर ३ देखि २५ सम्म २० अस्पतालमा पुगेर कोभिड–१९ को एन्टिबडीको व्यापकता पत्ता लगाउन गरेको परीक्षणमा उक्त तथ्य सार्वजनिक भएको हो।
परिषदले अत्याधुनिक सिएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत परीक्षण गरेको जनाएको छ ।
स्वास्थ्यकर्मीको रगतको नमुना टिचिङ अस्पताल, बायोकेमिस्ट्र ल्याब मार्फत परीक्षण गरिएको हो ।
जसमध्ये ३६ प्रतिशत नर्स, १८ प्रतिशत डाक्टर, २२ प्रतिशत प्रशासनिक कर्मचारी, ७ प्रतिशत ल्याब /फर्मा र १७ प्रतिशत अन्य अस्पतालका कर्मचारी संक्रमित रहेको पाइएको अध्ययनले देखाएको छ ।
अध्ययनमा ६५ प्रतिशत महिला सहभागि थिए । उमेर समुह अनुसार १८ देखि २९ उमेरका ४६ प्रतिशत, ३० देखि ४९ वर्ष उमेरका ४४ प्रतिशत, ५० देखि ५९ वर्ष उमेर समुहका ८ दशमलभ २ प्रतिशत र ६० वर्ष माथिका शून्य दशमलभ ९ प्रतिशत रहेको देखिएको छ।
अध्ययन अनुसार काठमाडौं उपत्यकाको कोभिड–१९ को एन्टीबडीको संयोजित व्यापकता औसत ४५ दशमलभ ३ प्रतिशत रहेको पाइएको छ।
यसको अर्थ मंसिरको पहिलो दुई हप्तासम्म्मा ४५ दशमलभ ३ प्रतिश स्वास्थ्यकर्मीलाई कोभिड १९ को संक्रमण भइरहेको थियो भन्ने बुझिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ।
अस्पतालहरुको व्यापकता भने ३२ दशमलभ २ प्रतिशतदेखि ५७ दशमलभ २ सम्म रहेको पाइएको छ।
अनुसन्धान अनुसार सुघ्रे शक्ति हराएको व्यक्तिमा सुघ्रे शक्ति नहराएको व्यक्ति भन्दा कोभिड १९ विरुद्धको एन्टीबडी देखिने सम्भावना ६ दशमलभ ८ गुणा धेरै भएको पाइएको छ।
त्यस्तै पिसीआर टेष्ट पाजेटिभ भएका ७६ दशमलभ २ व्यक्तिहरुमा मात्रै कोभिड–१९ विरुद्धका एन्टीबडी विकसित भएको पाइयो ।
पिसिआर नेगेटिभ भएका २५ दशमलभ ३ प्रतिशत र पिसिआर नगरेका ३७ दशमलभ ४ व्यक्तिहरुमा कोभिड १९ को एन्टिबडी देखिएको छ ।
यस्तै, पिसिआर पोजेटिभ भएका ७६.२ प्रतिशतमा मात्रै कोभिड–१९ विरुद्धको एन्टिबडी विकसित भएको परिषदद्वारा सार्वजनिक अध्ययनमा उल्लेख छ ।