काठमाडौं : चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन सञ्चानलको औपचारिक घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रमका बीच ग्यालेक्सी फोर के टेलिभिजनको औपचारिक घोषणा गरिएको हो ।
गोरखा मिडिया नेटवर्क अन्तर्गत ग्यालेक्सी टिभी सञ्चालनमा आएको हो ।
गोरखा मिडिया नेटवर्कको अध्यक्ष डिवि राई हुन् भने रवि लामिछाने म्यानेजिङ डाइरेक्टरको जिम्मेवारीमा रहेको कार्यक्रममा जानकारी गराइएको छ।
नेपालको पहिलो फोर के टेलिभिजन भएको लामिछानेले दावी गरे ।