महान्यायाधिवक्ता खरेलको प्रष्टिकरण : मैले राजीनामा दिएको छैन

काठमाडौँ : महान्यायाधिवक्ता अग्‍नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् ।

महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको समाचार सार्वजनिक भएपछि उनले प्रष्टिकरण दिएका हुन् ।

खरेलले आइतबार नै महान्याधिवक्ता पदबाट राजीनामा दिएको र स्वीकृत हुन बाँकी रहेको समाचार सार्वजनिक भएका थिए ।

आफूले राजीनामा दिएका भन्ने समाचारप्रति महान्यायाधिवक्ता खरेलले भने, ‘राजीनामा दिने मेरो कुने मनशाय छैन । मैले राजीनामा दिएको भन्ने कुरा झुटो हो ।’

कतिपयले महान्यायाधिवक्ता खरेलले आगामी मध्यावधि निर्वाचनमा झापाबाट चुनाव लड्न पटबाट राजीनामा दिएको हुनसक्ने आकलन गरेका थिए ।

संसद विघटनसम्बन्धी मुद्धामा संवैधानिक इजलासमा बहसका क्रममा खरेलको प्रस्तुती कमजोर भएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

TOP