बाबुराम भट्टराई अस्पताल भर्ना, आज दिनभर अस्पतालमा राखिने

काठमाडौं : स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

उनको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना गरिएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

भट्टराई दुई दिनअघि उपचारका लागि भारत गएका थिए ।

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने पाण्डेले जानकारी दिए ।

भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए।

उपचारका क्रममा चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली गएका हुन्।

प्रतिक्रिया

TOP