मंगलबार, कार्तिक २ २०७८

बेपत्ता युवती झुन्डिएको अवस्थामा फेला

बेपत्ता युवती झुन्डिएको अवस्थामा फेला


Nepal Manch
असोज २० २०७८, बुधबार

सप्तरी : सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनिमन्दिर नजिकै जंगलमा २० वर्षीया युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन्।

रुपनी गाउँपालिका-२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदानी चौधरी रुखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

घाँस काट्न गएका स्थानीयहरूले युवती झुन्डिएको देखेपछि गरेकाे खबरकाे आधारमा प्रहरी घटना स्थल पुगेको थियाे ।

मृतक युवतीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ।

घटनाको विषयमा थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मृतक युवती गत शनिबारदेखि बेपत्ता भएकी थिइन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट