
काठमाडौँ : महान्याधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।
उनले आइतबार नै महान्याधिवक्ता पदबाट राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
तर उनको राजीनामा अझै स्वीकृत भइसकेको छैन।
सर्वाेच्च अदालतमा हेर्दाहेर्दैमा रहेको संसद विघटनसम्बन्धी मुद्धाको फैसला आउनुअघि महान्यायाधिवक्ता खरेलले राजीनामा दिएका हुन्।
संसद विघटनसम्बन्धी मुद्धामा संवैधानिक इजलासमा बहसका क्रममा खरेलको प्रस्तुती कमजोर भएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए ।
प्रतिक्रिया