
एजेन्सी : हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न रोगप्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी हुन्छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउन नियमित खानपान र जीवनशैली सही हुन आवश्यक छ ।
शरीरलाई फूर्तिलो बनाइराख्न र रोगप्रतिरोधात्मक क्षमता बढाउन प्राकृतिक उपाय के हुनसक्छन् भन्नेबारे थाहा पाइराखौं ।
राम्रो निन्दा
निन्द्रा र रोगप्रतिरोधात्मक क्षमताका बीचमा गहिरो नाता छ । प्राय पर्याप्त निद्रा नपर्दा धेरै किसिमका रोग लाग्न सक्छन् ।
एउटा अध्ययनका अनुसार जो व्यक्ति ६ घण्टा भन्दा कम सुत्छ, त्यस्तो व्यक्तिलाई रुघाखोकी लाग्ने र छिटो चिसोले समात्ने सम्भावना हुन्छ ।
स्वस्थ रहन कम्तिमा पनि ८ घण्टा सुत्न आवश्यक छ ।
राम्रो निन्द्राले हामीलाई स्वस्थ मात्रै बनाउँदैन, व्यक्तिको रोगप्रतिरोधात्मक क्षमतालाई पनि बढाउन उत्तिकै योगदान पु¥याउँछ ।
यदि तपाई बिरामी हुनुभयो र तपाइँले त्यतिबेला आराम गर्नुभयो भने तपाइँ रोगविरुद्ध राम्रोसँग लड्न सक्नुहुन्छ ।
तपाईलाई छिटो निन्दा लाग्दैन भने सुत्नुभन्दा अगाडि मोबाइल, फोन, टीभी, कप्युटर हेर्ने बानी छोड्नु उपयुक्त हुन्छ ।
सागसब्जी बढी मात्रामा खाने
फलफूल, साजसब्जी, गेडागुडी, मेवा जस्ता खानेकुरामा एन्टीअक्सीडेन्ट भरपूर मात्रामा पाइने गर्छ ।
यस्तो पोषणयुक्त खानेकुराले शरीरका कोशिकालाई सुरक्षित बनाउँछन् ।
बोटबिवाबाट पाइने खाद्यान्नमा फाइबर हुन्छ । जसले शरीरमा गएर राम्रो व्याक्टेरीयालाई बढाउन मद्धत गर्छ ।
यसको कारण रोगप्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ । यस्तो खाद्यान्नबाट प्राप्त हुने भिटामिन ‘सि’ ले छिटो रुघाखोकी निको पार्न मद्धत गर्छ ।
मोटोपन नियन्त्रण गर्ने
एउटा अध्ययनले बढी सुगर र रिफाइन काब्र्सले मोटोपन बढाउने देखाएको छ ।
धेरै प्रकारका बिरामीको प्रमुख कारण मोटोपन हो। मोटोपन बढेसँगै मुटु र सुगरका रोगहरु बढ्ने सम्भावना हुन्छ ।
यो दुवै कुराले रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर बनाइदिने गर्दछ। त्यसैले स्वस्थ जीवनका लागि सुगर नियन्त्रण गर्नु जरुरी छ ।
सुगर नियन्त्रण हुनासाथ तपाईको मोटोपन पनि कम हुँदै जान्छ । त्यसपछि तपाईको रोगप्रतिरोधात्मक क्षमता आफै बढ्ने गर्दछ ।
दिनमा दुई चम्चा भन्दा बढी चिनीको प्रयोग नगर्नु राम्रो हुन्छ ।
नियमित पानी पिउने
स्वस्थ रहन पानीको नियमित सेवन आवश्यक छ । पानीको कमीले पाचनतन्त्र, मुटु र किड्नीको कार्यक्षमतामा असर गर्ने गर्दछ ।
जसका कारण बिरामी पर्ने खतरा बढी हुने गर्दछ । यस्तो समस्या हुन नदिन झोलीलो खानेकुरा खानुपर्छ । जसका कारण बिरामी हुने सम्भावना कम हुन्छ ।
शारिरीक कसरत
धेरै शारिरीक कसरत गर्दा रोगप्रतिरोधात्मक प्रणालीलाई असर गर्ने गर्दछ । त्यसकारण दैनिक हल्का रुपमा शारिरीक कसरत गर्नुपर्छ ।
यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ ।
नियमित रुपमा साइकल चलाउने, जगिङ गर्ने, स्विमिङ गर्ने गर्दा पनि तपाइँको इम्युनिटी पावर बढ्न मद्धत गर्छ ।
तनाव नलिने
तनाव र दबावको कारले गर्दा रोगप्रतिरोधात्मक क्षमतामा असर गर्ने गर्दछ । लामो समयसम्म तनावमा बस्नाले इम्युन सेलको कार्य क्षमतामा प्रभावित हुन्छ ।
तनाव हटाउन मेडिटेसन, योग र शारीरीक कसरत गर्नुपर्छ । किताव पढ्ने र आफूलाई कुनै न कुनै तरीकाले व्यस्त राख्दा पनि तनावबाट मुक्त हुन सकिन्छ ।
चिल्लोपद्धार्थको सेवनमा सावधानी
चिल्लो पद्धार्थको सेवन गर्दा त्यसको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । ओलिभ तेलबाट हामीले हेल्दी फ्याट प्राप्त गर्न सकिन्छ ।
ओलिभ तेलमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जो मुटु र टाइप २ डाइबिटीजको लागि राम्रो गर्ने गदर्छ । हेल्दी फ्याटले इम्युनिटी बढाउन मद्धत गर्छ ।
(आजतकबाट अनुवाद गरिएको )
प्रतिक्रिया