संसद विघटनसम्बन्धी मुद्धाको फैसला आउनुअघि प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद्को बैठक

काठमाडौं : आज राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दैछ ।

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्धाको अन्तिम फैसला आउनुअघि प्रधानमन्त्री केपी शर्मा आलीले सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।

यसअघि कात्तिक ५ गते परिषद्को बैठक बसेको थियो ।

सोमबार दिउँसो प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सर्वाेच्च अदालतमा करिव एकघण्टा छलफल भएको थियो ।

राजनीतिक संकट गहिरिएका बेला राज्यका प्रमुख निकायबीच भएको छलफललाई अर्थपूर्णरुपमा हेरिएको थियो।

सर्वाेच्चको फैसलालाई सर्बत्र विशेष चासोका साथ हेरिरहेका बेला प्रधानमन्त्री ओलीले सुरक्षा परिषद् बैठक बोलाएका छन् ।

रक्षा मन्त्रालयले भने नियमित बैठक भएको जनाएको छ ।

राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी सिफारिस गर्न पनि परिषद्को बैठक बस्नुपर्छ ।

परिषदको अध्यक्षता प्रधानमन्त्रीले गर्ने प्रचलन छ भने सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।

परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।

प्रतिक्रिया

TOP