
काठमाडौं : साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफ्नो पार्टी सरकारमा आए अहिलेका शीर्ष नेताहरुलाई जेल हाल्ने चेतावनी दिएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष मिश्रले भ्रष्टाचारीलाई जेल हाल्न थप जेल बनाउनुपर्ने अवस्था आउने दावी पनि गरे ।
उनले केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई सबैभन्दा पहिला नख्खु जेल पु¥याउने दावी गरे ।
‘बालुवाटारबाट बालकोट जानुभएका नेतालाई अख्तियार र सर्वाेच्चमा उपचार गर्छाै र थप उपचारका लागि नख्खु पु¥याउँछौं । त्यही बसेर जीवनभर आराम गर्नुहोला। प्रतिपक्षी दलका नेतालाई पनि नख्खु जेलको चौरमा बसेर आराम गर्नुहोला । हजारौंको ज्यान लिने खुमलटारको पनि बाँक जीवन नख्खुमै विताउनुपर्नेछ,’ उनले भने, ‘ढिलो-चाँडो हामी यो देशको नेतृत्वमा पुग्छौँ, पुग्छौँ। त्यसपछि हामी राष्ट्रघाती रोग लागेकाहरूलाई अख्तियार र सर्वोच्चमा उपचार गर्छौँ र बाँकी जीवन नख्खु कारागारमा आराम गर्न पठाउँछौँ। त्यहाँ बालकोट, बुढानिलकण्ठ र खुमलटारका नेताहरू पनि हुनेछन्।”
उनले सम्पत्ति शुद्धिकरण, अख्त्यिार, सर्वाेच्चलाई स्वतन्त्र रुपमा काम गर्न दिने बताए । ‘यी संस्थाले स्वतन्त्रपूर्वक काम गर्न पाउनेवित्तिकै भ्रष्टाचार नियन्त्रण हुन थाल्दछ,’ उनले पार्टीको भावी योजना सुनाए ।
प्रतिक्रिया