कोरोना विमितको विवरण सात दिनभित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विमितको विवरण सात दिनभित्र पठाइसक्न कोरोना परीक्षण गर्ने सबै प्रयोगशालालाई निर्देशन दिएको छ ।

कोरोना बिमाको रकम प्रमाणीकरणको क्रममा प्रयोगशालाबाट प्राप्त विवरण मध्ये केहि विवरण पुष्टि नभएको भन्दै मन्त्रालयले सोमबार सबै प्रयोगशालालाई निर्देशन दिएको हो ।

विमितको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) लगायतका निकायमा पठाउनुपर्नेछ ।

सात दिनभित्र विवरण तोकिएको ढाँचामा उपलब्ध नगराए कोरोना बिमाको दावी प्रमाणीकरण अयोग्य रहने मन्त्रालयले स्पष्ट पारेको छ ।

साथै छुटेका विमित व्यक्तिलाई सम्बन्धित प्रयोगशालाले नै क्षतिपूर्ति दिनुपर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयका अनुसार १८ हजार कोरोना विमितको विवरण प्राप्त भएकोमा १५ हजार भन्दा बढी प्रमाणीकरण भइसकेको छ ।

यस्तै, कोरोना बिमाका लागि विमितहरुले अनावश्यक दौडधुप गर्न परेकोमा सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।

विमामा भइरहेको काम प्रक्रियाबारे विमितलाई स्पष्ट जानकारी दिन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

No description available.

प्रतिक्रिया

TOP