२०७७, २४ फाल्गुन सोमबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
सेयर बजार : हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् धेरै कमाउने कम्पनी
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन १० सोमबार
  •  
  •  
  •  
  •  

245

काठमाडौं : सोमबार हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।

आइतबार अधिकांश समूह घटेपनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो ।

हाइड्रोपावर समूहको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा झिनो अंकले उकालो आइतबार नेप्से परिसूचक बढेको थियो ।

सोमबार भने नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । तर हाइड्रोपावरको सेयर मूल्यमा चमक देखिएको छ ।

नेप्सेमा कारोबार हुने सबै समूह घटेर राताम्मे देखिदा समेत हाइड्रोपावर र अन्य समूहमा रहेका केहि कम्पनीहरुको सेयर मूल्य उकालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले ओरालो लागेर २ हजार ६ सय ०७ दशमलव ६७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेको छ ।

यी हुन् धेरै कमाउने कम्पनीहरुः

सोमबार धेरै कमाउने अधिकांश हाइड्रोपावर कम्पनीहरुकै लगानीकर्ताहरु देखिएका छन् ।

दोस्रो बजारमा सूचीकृत भएर कारोबार शुरु भएसँगै लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) को सेयर मूल्य सोमबार पनि १० प्रतिशतले बढेको छ ।

अघिल्लो साताको आइतबारदेखि दोस्रो बजारमा शुरु भएको निफ्राको सेयर मूल्य लगातार बढेर अहिले ६६० रुपैयाँमा पुगेको छ ।

उता आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । यसपछि धेरै बढ्नेमा अन्य हाइड्रोपावर कम्पनीहरु नै देखिएका छन् ।

निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर मूल्य अत्यधिक बढेको छ ।

भर्खरै