सोमबार, मंसिर २० २०७८

अनाथ आश्रममा मनाए आफ्नो जन्मदिन ज.उ.वा संघका कान्छो पदाधिकारी

अनाथ आश्रममा मनाए आफ्नो जन्मदिन ज.उ.वा संघका कान्छो पदाधिकारी


Nepal Manch
असोज १९ २०७८, मंगलबार

जनकपुर धाम । सामाजिक अभियन्ता, युवा व्यापारी तथा जनकपुर उद्योग वाणिज्य संघका कान्छो पदाधिकारी निरज बिक्रम साहले आफ्नो जन्मदिन अनाथ आश्रममा मनाएका छन् ।

ज.उ.वा संघका का.का सदस्य साह आफ्नो जन्मदिनको अवसरमा अनाथ आश्रम गई अनाथ बालबालिकासँगै यसपटकको आफ्नो जन्मदिन मनाएका छन् ।

जन्मदिनको उपलक्ष्यमा उनी केक काटेर अनाथ आश्रमका बालबालिकालाई केक खुवाएका छन् । साथै आश्रममा शैक्षिक सामग्री समेत उनले वितरण गरेका हुन् । बालबालिकालाई शैक्षिक सामग्रीको कमि नहोस भनेर उनले आश्रममा शेक्षिक सामग्री वितरण गरेका हुन्।

साथसाथै का. का. सदस्य साहले आफ्नो जन्मदिनको अवसरमा शुभकामना दिनुहुने सबैप्रती हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट