संसद विघटनसम्बन्धी मुद्धाको फैसला आउनुअघि प्रधानसेनापतिले किन भेटे प्रधानन्यायाधीश ?

काठमाडौं : सर्वाेच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्धाको फैसला आउनुअघि प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा दिउँसो प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सर्वाेच्च अदालत पुगेका हुन् ।

संसद विघटनसम्बन्धी मुद्धामा पक्ष विपक्षमा बहस सकिसकेको छ ।

शुक्रबारभित्रै मुद्धाको फैसला आउने अनुमान गरिरहेका बेला प्रधानन्यायाधीश र प्रधानसेनापतिबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दुई जनाबीचको भेटका बारेमा दुबै पक्षले औपचारिक रुपमा कुनै जानकारी गराएका छैनन् ।

संसद विघटनसम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबारे विभिन्न अनुमान भइरहेका छन् । अदालतको फैसला कस्तो आउँछ भनेर राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा चासो छ ।

प्रतिक्रिया

TOP