सोमबार, कार्तिक १ २०७८

दोलखा कांग्रेसको सभापतिमा पौडेल समूहका बर्मा लामा विजयी

दोलखा कांग्रेसको सभापतिमा पौडेल समूहका बर्मा लामा विजयी


Nepal Manch
असोज १९ २०७८, मंगलबार

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्।

दोस्रो चरणमा सोमबार भएको मतदान र मतगणनाअनुसार बर्माले ८७७ मत ल्याएर सभापति जितेका हुन्।

सभापतिका अर्का उम्मेदवार तारा खड्काले ४८५ मत मात्रै ल्याएका थिए भने ११ मत बदर भएको थियो।

खड्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन्। दोस्रो चरणमा भएको मतदानमा कूल १३७३ मत खसेको थियो। लामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।

सभापतिका अर्का उम्मेदवार रूद्रबहादुर खड्का भने पहिलो चरणबाटै बाहिरिएका थिए। सभापति शेरबहादुर देउवानिकट खड्का तेस्रो भएका थिए।

कांग्रेस विधानअनुसार जिल्ला सभापति पदमा पनि तीन जना उम्मेदवार भएको खण्डमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।

पहिलोचरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याउँदा दोस्रो चरणमा सोमबार चुनाव भएको थियो।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट