Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • राजर्षि जनक विश्वविद्यालयका ३ पदाधिकारी थुनिए एउटै कोठामा

    राजर्षि जनक विश्वविद्यालयका ३ पदाधिकारी थुनिए एउटै कोठामा

    नेपालमञ्च संवाददाता
    असोज १८ २०७८, सोमबार
    2K
    SHARES

    धनुषा । जनकपुर धामस्थित राजर्षि जनक विश्वविद्यालयका ३ पदाधिकारीलाई विद्यार्थीहरूले एउटै कोठामा थुनेका छन् । नियमित पढाइ नभएको भन्दै विद्यार्थीहरुले विश्व विद्यालयको एउटै कोठामा ३ जना पदाधिकारीहरूलाई थुनेका हुन् ।

    नियमित पढाइ नभएको र पढाउने शिक्षक पनि विश्व विद्यालयमा नभएको भन्दै विधार्थीहरु आन्दोलित बनेका छन्। रमानन्द चोकस्थित विश्वविद्यालय डीनको कार्यालयमा पदाधिकारीहरुलाई विद्यार्थीहरुले थुनेका हुन् । अहिले विश्व विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।

    समस्या समधानका लागि विश्वविद्यालयका कर्मचारी र विद्यार्थी राखेर छलफल भइरहेको आन्दोलित विद्यार्थी आदित्य सहनीले जानकारी दिए । पदाधिकारीहरु बसेको कोठा थुनिएको र दुई पक्षबीच छलफल भइरहेको उनले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend