Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता आक्रोशित (भिडियाे)

    सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता आक्रोशित (भिडियाे)

    नेपालमञ्च संवाददाता
    असोज १८ २०७८, सोमबार
    4.2k
    Shares

    काठमाडौं । पुँजी बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरुले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

    सोमबार काठमाडौंको माइतीघरमा विभिन्न माग राख्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो सेयर र टीएमएसको समस्या छिटाे समाधान गर, सेयर बजारमाथि अनावश्यक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

    यसअघि असोज ६ गते पुँजी बजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा विभिन्न माग राखी ज्ञापनपत्र पेस गरेको थियो । आफ्ना माग ५ दिनभित्र सम्बोधन गरिने भनिए पनि अहिलेसम्म व्यवहारमा लागू हुन नसकेको लगानीकर्ताको भनाइ छ । उनीहरुले लगानीकर्ताको मागका बारेमा कुनै सुनुवाइ नभए निरन्तर विरोध गर्ने बताएका छन् ।

    केन्द्रीय बैंकको पुँजी बजार विरोधी नीतिले सेयर बजार धरापमा परेको आरोप उनीहरुको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend