
काठमाडौं : चिकित्सा विज्ञान प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा जागिरका लागि आवेदन माग गरिएको छ ।
अस्पतालले ९ जना फार्मेसी सहायक पदमा विज्ञापन खुलाएको हो ।
अस्तापलका अनुसार फार्मेसी सहायक पाचौँ तहका लागि खुलाइएको विज्ञापनका लागि सात दिनभित्र आवेदन दिनुपर्र्नेछ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमवाली २०६५ को नियम ३९ तथा स्वास्थ्य संस्थामा रिक्त रहेका पदमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७६ एंव अस्पताल फार्मेसी निर्देशिका २०७२ मा भएको व्यवस्था अनुसार फार्मेसी सहायक माग गरेको अस्पतालले जनाएको छ।
आवेदक व्यक्ति मान्यताप्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा प्रमाणपत्र तह उत्तिर्ण गरी नेपाल फार्मेसी परिषदमा सूचिकृत भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया