मुम्बई : भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको उपाधि चर्चित टेलिभिजन अभिनेत्री रुबीना दिलाइकले जितेकी छन् ।
आइतबार बिग बोस १४ को फिनालेमा राहुल बैद्यलाई हराउँदै रुबीना विजेता बनेकी हुन्।
रुबीनाले बिग बोसको ट्रफीसँगै ३६ लाख भारतीय रुपैयाँ नगद प्राप्त गरिन्।
रुबीना सुरुदेखि नै बिग बोसकी एक अब्बल दाबेदार मध्येकी एक थिइन् । अधिकांशले सुरुदेखि नै यसपटकको बिस बोसको उपाधि रुबीनाले नै यो हात पार्ने अनुमान गर्दै आएका थिए ।
बिग बोसको यस सिजनमा रुबिनाको दम्पत्ति नै प्रतिस्पर्धी थिए । उनका पति अभिनव शुक्ला, निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसीन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहजद देओल, निक्की तम्बोली र एजाज खान बिग बोसको प्रतिस्पधार्मा थिए ।
बिग बोसको अघिल्लो सिजन सिद्धार्थ शुक्लाले जितेका थिए ।