
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ४ मध्ये एक जना व्यक्तिको हिडाई प्रर्याप्त छैन ।
विशेषगरी किशोरअवस्थाका ८० प्रतिशत भन्दा बढि बालबालिकाहरु प्रर्याप्त मात्रामा हिड्दैनन् ।
शारीरिक निष्कृयताले गर्दा मुटु रोग लाग्नुका साथै कम उमेर मृत्यु हुनेको संख्या २० देखि ३० प्रतिशत रहेको छ।
दैनिक रुपमा आफूलाई शारीरीक गतिविधिमा संलग्न ग¥यो भने हाम्रो शरीर तथा मानसिक रुपमा स्वस्थ राख्न मद्धत गर्छ ।
मुटुका धेरै कारणहरु हिडाइले मात्र नियन्त्रण गर्न सक्छौँ । प्रेसर सुगर, कोलेस्ट्रोल, मष्तिस्क हृदयघातलाई शारीरिक संक्रियताबाट घटाउन सकिन्छ।
विभिन्न किसिमको क्यान्सरहरुलाई पनि विभिन्न माध्यमको कसरतबाट जोखिम कम गर्न सकिन्छ । जस्तै : स्तनको, आन्द्राकोे क्यान्सरलाई घटाउन सकिन्छ।
हिड्ने बानीले तपाईको फिटनेस राम्रो छ भने तपाई मानसिक स्फूर्ती पनि राम्रो हुन्छ ।
विभिन्न किसिमको हर्माेनले गर्दा अर्को किसिमको खुसियाली हुन्छ शरीरमा।
हिडाईले हाड्जोर्नी जोईन्ट पनि राम्रो हुन्छ । माशंपेशी बलियो हुन्छ । बुढा पाकाहरु लड्ने हुनाले फेक्टर हुने, र मृत्युबाट पनि शारीरिक कसरत गर्ने मानिसहरुमा जोखिम कम हुन सक्छ, शारीरीक रुपमा फिट भयौँ भने ।
कुनै पनि व्यक्ति लामो समयदेखि शारीरिक रुपमा निस्कृय छ भने यस्तो मानिसहरुको अचानक मृत्यु हुने सम्भावना बढी हुन्छ । यसलाई अटोनोमी डिस्फङ्सन पनि भन्ने गरिन्छ ।
वृद्धहरु धेरै हिड्नु हुन्न भने अटोनमी डिस्फङ्सन भएर मृत्यु हुनेसम्भावना बढी हुन्छ ।
यदि शारीरिक रुपमा फिट छ भने अचानक हुने मृत्यबाट बच्न सकिन्छ ।
विभिन्न किसिमका वैज्ञानिक यन्त्रले गर्दा हामो जीवन विलासी भइरहेको छ । जसले गर्दा हामी दिन प्रत्येक दिन शारीरिक रुपमा निस्कृय भैरहेका छौँ । हामीलाई यो कुरा थाहा छ तर पनि हामीहरुले यो कुरालाई वेवस्ता गरिरहेका छौँ ।
मानिसको शरीर ६० किलोमिटर हिड्नका लागि बनाइएको छ । जुन हिसावले मानिसको शरीरको रचना भएको छ उ प्रत्येक दिन ६० किलोमिटर हिड्ने क्षमता रहेको छ ।
यदि मरुभुमीमा घोडा र मानिसको दौड गर्न लगाईयो भने २० किलोमिटरको दौडमा मानिस घोडा भन्दा छिटो दौड्न सक्छ ।
हामी जब हिड्छौँ, दौडन्छौँ, हाम्रो शरीरबाट पसिना आउँछ र त्यो पसिनाले हाम्रो शरीलाई कुलीन गर्छ जसले गर्दा हाम्रो दौडने क्षमता बढ्ने गर्छ ।
विभिन्न एनाटोमिकल स्टक्चरले के देखाउँछ भने मानिसको शरीर धेरै हिड्नको लागि बनाइएको हो ।
गाउँले र शहरीय जीवनको तुलना गर्ने हो भने शहरमा बस्ने मानिसहरुको हिडाईमा निकै भिन्निता पाउँन सक्छौँ ।
हामी अल्छि भइसकेका छौँ जसले गदौ मुटुरोग, सुगर, कोलेस्ट्रोल, मोटोपनको सिकार भइरहेका छौँ ।
डब्लुएचओका अनुसार एउटा स्वास्थ व्यक्तिले प्रत्यक दिन कम्तिमा छिटा छिटो ३० मिनेट हिड्नुपर्छ अर्थात छिटोछिटो हिड्दा ३ किलोमिटर हिड्नु पर्दछ मस्कुलर एक्सरसाइज पनि हप्तामा दुई पटक गर्नुपर्छ ।
डब्लुएचओका अनुसार उच्च रक्तचाप मघुमेह, उच्च कोलस्ट्रोल, मोटोपना छ भने त्यस्तो व्यक्तिले ६० मिनेट हिड्नु पर्छ ।
त्यस्तै डब्लुएचओका अनुसार ५ देखि १७ वर्षको बच्चाहरुलाई प्रत्यक दिन कम्तिमा ६० मिनेट भन्दा बढी हिड्नु पर्छ ।
१८ देखि ६४ वर्षको व्यक्तिहरुलाई कम्तिमा ३० मिनेट प्रत्येक दिन हिड्नुपर्छ । ६५ वर्ष भन्दा बढी उमेरको व्यक्तिलाई पनि दिनमा ६० मिनेट हिड्नु पर्छ ।
उमेर अनुसार रोग पनि बढ्दै जान्छ। उमेर अनुसार उमेरजन्य रोग पनि लाग्ने गर्छ ।
शारीरिक रुपमा स्वस्थ भएपनि उमेरमात्र भएपनि मुटुसम्बन्धी रोग निम्त्याउने गर्दछ ।
८० वर्षको मानिसलाई ८० प्रतिशत औषधि खानुपर्ने सम्भावना हुन्छ । ६० वर्षमा ६० प्रतिशत अरु रोग थपिने सम्भावना हुन्छ ।
रोकथाम कसरी गर्ने ?
अधिकाशं कुराहरु हाम्रो बसमा छैनन् । प्रदुषण विषदीयुक्त खानेकुरा, जेनेटिक कुराहरु हाम्रो नियन्त्रणमा छैनन् ।
एक्ससाइज गर्न कसैले रोक्न सक्दैन । त्यसैले ३० वर्ष मुनिका स्वस्थ व्यक्ति कम्तिमा ३० मिनेट मर्निङ वाक गर्नुपर्छ।
३० देखि ४५ वर्ष समुहको उमेर समुहका व्यक्तिले कम्तिमा ४५ मिनेट हिड्नु पर्छ । त्यसपछि पनि हिड्नु भयो भने स्वाथ्यका हिसाबले फाइदा नै गर्छ ।
४५ देखि ६० वर्ष उमेर समुहका मानिसले दिन १ घण्टा हिड्नु भयो भने उमेर रोगहरुलार्ई कम डोजको औषधि खाएर पनि नियन्त्रणमा राख्न सक्नु पर्छ।
६० भन्दा माथि उमेर समुहका मानिसहरुलाई बिस्तारै बिस्तारै सम्म ठाउँमा हिड्दा राम्रो हुन्छ । हिँड्ने व्यक्तिलाई अचानक आउने मृत्युबाट बच्न सकिन्छ ।
आफ्नो शरीरले सकेसम्म बिस्तारै बिस्तारै दैनिक डेढ÷दुई घण्टा हिड्नुपर्छ । यसले गर्दा जोर्नीमा आउने समस्या कम हुन्छ र दीर्घरोगका लागि औषधि पनि थोरै मात्र खाए हुन्छ ।
शारीरिक रुपमा फिट हुने मानिसहरु मानसिक रुपमा पनि तन्दुरुस्त हुन्छन् ।
(डा ओममुर्ति अनिलले फेसबुकमा सेयर गरेको भिडियोमा आधारित)
प्रतिक्रिया