
खोपको मुख्य उद्देश्य मृत्युदर कम गर्नु हो । कारणवश कोरोना महामारीको दोस्रो लहर आयो भने जुन वर्ग बढी जोखिममा हुन्छ, उक्त वर्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ ।
-फ्रन्ट लाइनका स्वास्थ्यकर्मी
– जेष्ठ नागरिक जसलाई दीर्घरोग पनि छ
– जेष्ठ नागरिक जसलाई दीर्घरोग छैन
– बयस्क जसलाई दीर्घरोग छ
– अन्य पेशाकर्मी जो जनतासंग प्रतक्ष्य सम्पर्कमा रहेर काम गर्छन
– बसचालक र हेल्पर, शिक्षण पेशामा संलग्न व्यक्तिहरु
-बयस्क जसलाई दीर्घरोग छैन
– एकपटक कोरोना संक्रमण भएका व्यक्ति ९ यो समुहलाई न्याचुरल एन्टिबोडीले काम गरेको हुन्छ
-१८ बर्षमाथिका सबै व्यक्ति
खोपको अन्तर कति गर्ने ?
-४ हप्ताको अन्तरमा दोस्रो मात्रा लिंदा कोभिशिल्ड खोप ५४.९ प्रतिशत प्रभावकारी देखिएको छ भने ८ देखि १२ हप्तामा दोस्रो मात्रा लिंदा ८२.४ प्रतिशत प्रभावकारी देखिएको अनुसन्धानले देखाएको छ
-पहिलो मात्राले लगाएको २२ दिन देखि ९० दिनसम्म कोरोना संक्रमण हुने सम्भावना ६७ ५ कम हुन्छ भने संक्रमण भएर गम्भीर हुने वा मृत्यु हुने सम्भावना अन्त्यन्त न्यून हुने अध्ययनले बताएका छन्
नयाँ प्रजातिमा प्रभावकारिता
कोभिशिल्ड खोप बेलायतबाट फैलिएको नयाँ प्रजातिलाई प्रभावकारी देखिएको तथा अफ्रिकामा फैलिएको प्रजातिमा १० प्रतिशत मात्र प्रभावकारी देखिएको हुँदा अक्सफोर्ड र एस्ट्रेजेनेकाले सेप्टेम्बरसम्म उक्त प्रजातिलाई पनि काम गर्ने गरि खोप बिकास गर्ने जनाएको छ।
चिनियाँ खोपको प्रभावकारिता
चिनिया कम्पनी सिनोफार्मको खोप भेरो सेललाई औषधि ब्यबस्था विभागले आकस्मिक प्रयोगको लागि अनुमति दिएको छ ।
चीनले ५ लाख डोज खोप नेपाललाई सहयोग गर्ने बताएको छ ।
युएइमा १२५ देशका ३१ हजार व्यक्तिमा गरिएको परीक्षणमा यो खोप ८६ ५ प्रभावकारी देखिएको छ भने गम्भीर प्रति असर देखिएको छैन ।
यो खोप चीनमा १ करोडभन्दा धेरै व्यक्तिले लगाएका छन् भने बहराइन, युएई, जोर्डन, अर्जेन्टिना, मोरक्को, पेरु लगायतका देशमा पनि खोप कार्यक्रम चलिरहेको छ ।
यसको पनि २ मात्रा ४ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।
यो खोप महँगो भएकोले नेपालले अनुदान वा भारी छुटको लागि पहल गर्नुपर्ने देखिन्छ।
कुटनैतिक पहल
रुसको स्पुत्निक भी ९२ प्रतिशत प्रभावकारी देखिएको ग्यामेलिया इन्स्टिच्युटले जनाएको छ ।
सरकारले कुटनैतिक च्यानल प्रयोग गरेर रुस तथा अमेरिका (मोडेर्ना खोप जसलाई माइनस २० डिग्रीमा केहि लाख मात्रा भण्डारण गर्न नेपालले सक्दछ) बाट पनि अनुदानमा खोप ल्याउने प्रयत्न गर्नुपर्दछ ।
त्यस्तै तेस्रो चरणको क्लिनिकल ट्र्याल पुरा भएपछि भारतको कोभ्याक्सिनको लागि पनि पहल गर्नुपर्दछ । चीनका सिनोभ्याक लगायत अन्य प्रमाणित खोपको लागि पनि पहल गर्न सकिन्छ।
जनस्वास्थ्यविद् पाण्डेको फेसबुक पेजबाट साभार
प्रतिक्रिया