प्रदेश सभा बैठकमा सत्तापक्षीय सांसदहरु अनुपस्थित

अविश्वासको प्रस्ताव पेश हुने भएपछि मुख्मयन्त्री राईको छुट्टै भेला

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक सुरु भएको छ । तर बैठकमा सत्तापक्षीय सांसदहरु उपस्थित छैनन् ।

मुख्यमन्त्री राईपक्षीय सांसदहरुको छुट्टै बैठक बसिरहेको छ। उनीहरु मुख्यमन्त्री राईको कार्यकक्षमा भेला भएका छन् ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा बैठक स्थगन गर्न सभामुखलाई दवाव दिएका थिए ।

तर सभामुख प्रदीप कुमार भण्डारीले मुख्यमन्त्रीको दवावलाई अस्वीकार गर्दै प्रदेश सभा बैठक बोलाएका हुन् ।

प्रदेश सभा बैठकमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता हुनुपर्ने माग मुख्यमन्त्री राईपक्षधरको छ ।

नेकपाकै अर्काे समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

यसअघि दुई पटक मुख्यमन्त्री राईपक्षधर सांसदले नै बैठक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया

TOP