नेपाल सरकारले किनेको कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोपको पहिलो खेप आज दिउँसो काठमाडौं आइपुगेको छ।
एअर इण्डियाको विमानबाट १० लाख डोज कोरोना खोप नेपाल आइपुगेको हो ।
सरकारले भारतको सेरम इन्स्टिटुट अफ इन्डियाबाट उत्पादिन कोभिसिल्ड खोपको २० लाख डोज किन्न १७ फेब्रुअरीमा सम्झौता गरेको थियो ।
सम्झौता बमोजिमको पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको दिल्ली–काठमाडौं १ः३० बजेको उडानमार्फत काठमाडौं आइपुगेको स्वास्थ्य तथ्या जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनकारी दिए ।
खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने उनको भनाइ छ ।
उक्त खोप २३ फागुनदेखि संचालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयमा पठाइने मन्त्रालयले जनाएको छ ।