
काठमाडौं : प्रदेश एकको प्रदेश सभा बैठक बस्ने भएको छ ।
बैठक रोक्न मुख्यमन्त्री शेरधन राईले दिएको दवाव सभामुखले प्रदीप कुमार भण्डारीले अस्वीकार गर्दै प्रदेश सभा बोलाएका हुन् ।
सभामुख भण्डारीले प्रदेश सभा बैठक दिउँसो दुईका लागि बोलाएका छन् ।
बैठकमा अविश्वासको प्रस्ताव पेश हुने जनाइएको छ । प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीद्वारा जारी बैठकको कार्यसूचीमा अविश्वासको प्रस्ताव पेश हुने उल्लेख छ ।
यसअघि सत्तापक्षीय सांसदहरुले नै प्रदेशसभा बैठकअवरुद्ध गर्दै आएका छन् ।
मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
मुख्यमन्त्री राई अविश्वासको प्रस्ताव पेश हुन नदिन प्रदेश सभा बैठक स्थगन गर्न सभामुखलाई दवाव दिँदै आएका थिए ।
आइतबार बिहान पनि मुख्यमन्त्री राई र सभामुख भण्डारीबीच प्रदेश सभा बैठकबारे छलफल भएको थियो ।
छलफलमा मुख्यमन्त्री राईले प्रदेश सभा बैठक सूचना टाँसेर स्थगन गन दवाव दिएका थिए ।
तर सभामुख भण्डारीले मुख्यमन्त्रीको दवाव अस्वीकार गरेर प्रदेश सभा बैठक बोलाएका हुन् ।

प्रतिक्रिया