मुम्बई : बलिउड नायिका करिना कपुर दोस्रो पटक आमा बनेकी छिन् ।
उनले आइतबार बिहान छोरालाई जन्म दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
करिनालाई शनिबार राति ब्रीज क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
सञ्चारमाध्यमका अनुसार करिना अस्पतालमा भर्ना हुनु भन्दा अगाडी पनि काममा नै व्यस्त थिइन् ।
सैफ र करिनाको बिहे १६ अक्टुबर सन् २०१२ मा भएको थियो ।
सन् २०१६ को डिसेम्बर २० तारिखमा उनीहरुले पहिलो सन्तानको रुपमा तैमुरअली खानलाई जन्म दिएका थिए ।
आमा र बच्चा दुबै स्वस्थ रहेको जनाइएको छ।