
काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारत गएका छन् ।
उनी आइतबार दिउँसो नेपाल वायुसेवा निगमको जहाजबाट भारतको नयाँदिल्ली गएका हुन् ।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार हुँदै आएको थियो ।
चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरेपछि चिकित्सकको सल्लाह र सिफारिस अनुसार भट्टराई दिल्लीमा उपचारका लागि गएको उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उनको उपचार दिल्लीको इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ ।
उपचारका लागि दिल्लीमा रहँदा उनी नेपाली दूतावासमा बस्ने सचिवालयले जनाएको छ ।
उपचारका क्रममा भट्टराईसँग पूर्वमन्त्री तथा पत्नी हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहने सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
https://vacancies.tuservicecommission.edu.np/teacheropen बाट पनि फारम भर्न सकिन्छ।
प्रतिक्रिया