त्रिभुवन विश्वविद्यालयमा ठूलो संख्यामा जागिर खुल्यो, चैत १४ गतेभित्र आवेदन दिनुपर्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले ठूलो संख्यामा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदका लागि आवेदन मागेको छ ।

आयोगले पदपूर्तीका लागि आइतबार विज्ञापन प्रकाशित गरेको छ ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार आयोगले प्राध्यापक १४ जना, सहप्राध्यापकमा २४ र उपप्राध्यापकमा ५५० जनाका लागि विज्ञापन आह्वान गरेको हो ।

सबै पदमा खुला प्रतियोगिताबाट पदपूर्ती गरिने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नेपाली नागरिकले चैत १४ गतेसम्म आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म अनलाईन मार्फत आवेदन दिन सक्नेछन् ।

प्राध्यापक पदका लागि आवेदन शुल्क ३५ सय तोकिएको छ भने सहप्राध्यापक पदका लागि ३२ सय शुल्क तोकिएको छ ।

https://vacancies.tuservicecommission.edu.np/teacheropen मा गएर आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

TOP