पाकिस्तानमा किन हुँदैछ, मोदीको जय-जयकार ?

काठमाडौं : भारत र पाकिस्तान भन्ने वित्तिकै सबैको साझा बुझाई छ, दुई शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकहरु ।

हुन पनि हो, यी दुई मुलुकका जनताले एक अर्काे देशलाई राम्रो नजरले हेर्दैनन् ।

त्यसमा पनि मुस्लिम देश पाकिस्तान त हिन्दु धर्मप्रति यति धेरै नकारात्मक छ कि मन्दिर देख्यो कि भत्काउने र आगजनी गर्ने ।

पाकिस्तानमा पछिल्ला समय हिन्दु धर्मावलम्बीलाई अपमान गर्ने, आक्रमण मात्र नभएर मन्दिर भत्काउने काम निरन्तर भइरहेका छन् ।

भारत हिन्दु बाहुल्य मुलुक । त्यसमा पनि हिन्दुत्वलाई प्राथमिकता दिने भारतीय जनता पार्टी सरकारमा ।

तर पछिल्ला दिनमा पाकिस्तानी जनता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जयजयकार गरिरहेका छन् ।

उनीहरु भारतको चामत्कारीक कार्यको सार्वजनिक रुपमै खुलेर प्रशंसा नै गरिरहेका छन् ।

सधैं भारतविरुद्ध गलत र भ्रम मात्रै ओकल्ने पाकिस्तानी सञ्चारमाध्यममा हिजो आज भारत र मोदीको खुलेर प्रशंसा सुन्न पाइन्छ ।

पाकिस्तानमा भारतको प्रशंसा हुनुको एउटै कारण हो, कोरोनाविरुद्धको खोप ।

कोरोनाले विश्वभर आतंक मच्चाइरहेका बेला सबैको ध्यान युरोप, अमेरिकातिर थियो ।

उनीहरुले कोरोना खोप कहिले ल्याउलान् र कोरोनाबाट मुक्ति पाइएला भन्ने सोच संसारभरका नागरिकको थियो ।

तर भारतले विश्वलाई नै अचम्मित पार्ने गरी सबैभन्दा अगाडि कोरोनाविरुद्धको खोप उत्पादन मात्रै गरेन, बजारमा आपतकालीन प्रयोगका लागि अनुमति पनि पायो ।

अहिले विश्वका शक्तिशाली मुलुकले भारतसँग कोरोना खोप सहयोगका लागि याचना गरिरहेका छन् ।

भारत यतिबेला कोरोनाविरुद्धको खोप निर्यात गर्ने मुलुकमध्ये अग्रणी बनेको छ ।

विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेको कोरोना खोपलाई मान्यता दिएपछि धेरै देशहरु भारततर्फ हेरिरहेका छन् ।

भारतले उत्पादन गरेको कोरोना खोप प्रभावकारी भएको तथ्य प्रमाणित भइसकेको छ ।

भारतकै कारण दक्षिण एसियाली मुलुकले कोरोना खोप प्रयोग गरिरहेका छन् ।

विश्वका शक्तिशाली मुलुकले कोरोना खोपको प्रतिक्षा गरिरहेका बेला नेपाल, भुटान, श्रीलंका, बंगलादेशजस्ता मुलुकका नागरिकले कोरोना खोप लगाउन थालेका छन्।

चीनले पनि कोरोना खोप उत्पादन गरेको छ ।

तर विश्व स्वास्थ्य संगठनले चीनियाँ खोपलाई मान्यता दिएको छैन । जसका कारण चिनियाँ खोपप्रति अन्तर्राष्ट्रिय जगत ढुक्क छैन ।

प्रतिक्रिया

TOP