
काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको खोप सार्वजनिक यातायातका सवारी र सवारी चालकलाई लगाउने भएको छ ।
प्राथमिकताका आधारमा खोप लगाउँदै आएको सरकारले कोरोना संक्रमणको बढी जोखिमपूर्ण क्षेत्र मानिने सार्वजनिक यातायातका चालक सहचालकलाई खोप लगाउने भएको हो ।
स्वास्थ्यमन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ, मन्त्रालयका महाशाखा प्रमुखहरु, परिवार कल्याण महाशाखाका प्रमुख, बाल कल्याण तथा खोप शाखा, प्रदेशमा खटिएका प्रदेश संयोजकलगायतको शनिबार बसेको बैठकले खोप कार्यान्यनको प्रगतिको पुनरावलोकन र समिक्षा गरेको हो ।
बैठकले ५५ वर्ष माथिका व्यक्तिलाई खोप लगाउने बेलामा अन्य जोखिमपूर्ण क्षेत्रमा कार्यरत व्यक्तिलाई पनि खोप लगाउने निर्णय गरेको हो ।
बैठकले विश्वविद्यालय, विद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारीलाई पनि यही चरणमा खोप लगाउने निर्णय गरेको छ ।
साथै औषधि पसल र प्रयोगशालामा कार्यरत कर्मचारीलाई पनि खोप लगाउन प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया