
यो वर्ष कोरोना भाइरस (कोभिडा-१९) को प्रकोपले गर्दा रोग नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) र चिकित्सकले बारम्बार साबुनपानीले हात धुनुका साथै बारम्बार स्यानिटाइजरको प्रयोग गर्न आग्रह गर्दै आइरहेको छन् ।
कोरोनाको महामारीबाट बच्न हात धुने र स्यानिटाइजरको प्रयोग गर्नु प्रभावकारी उपाय हो । तर सुख्खा मौसममा बारम्बार हातमुख धुँदा छालामा प्रत्यक्ष असर देखिएका छन् ।
जाडो मौसममा छालामा देखिने समस्या
जाडो मौसममा आद्र्रता कम हुने हुँदा छाला सुक्खा हुदै जान्छ ।
जाडो मौसममा अन्य मौसमको तुलनामा बढी हातखुट्टा फुट्ने, ओठ फुट्ने, छाला सुख्खा हुने जस्ता समस्या देखिने गर्दछन् ।
त्यतिमात्र होइन, जाडो महिनामा शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन् । उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने हुन्छ ।
चाडोमा हातखुट्टा सुनिने समस्या पनि धेरै देखिन्छ । त्यसैले पनि हामीहरु धेरै घाममा बस्ने, आगो ताप्ने, हिटर ताप्ने गर्दा हाम्रो छाला सुक्खा हुदै जान्छ ।
त्यसमा पनि सुक्खा मौसममा साबुनपानीको बारम्बार प्रयोग गर्दा छालामा साबुनको एलर्जी आउने, छाला फुट्ने, राता दाग देखिने जस्ता समस्या लिएर अस्पतालमा आउने गरेका छन् ।
त्यस्तै छाला पातलो हुने व्यक्तिमा स्यानिटाइजर र कडाखालको साबुनमा हुने रसायनले छिटो प्रभाव पार्छ ।
त्यति मात्र होइन, जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लोलाई सोर छालालाई सोसेर सुख्खा बनाउँछ ।
घामले गर्दा अनुहारमा चाया बढ्नुको साथसाथै अनुहारमा चाउरीपन बढ्दै जान्छ ।
जाडो मौसममा छालाको स्याहार कसरी गर्ने ?
जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्रो छाला सुख्खा हुदै जान्छ । त्यसैले जाडोमा माइल्ड खालको साबुनको प्रयोग गर्ने र हात सुकिसकेपछि मात्र स्यानिटाइजरको प्रयोग गर्दा राम्रो हुन्छ ।
स्यानिटाइजरको असरबाट बच्न यसको प्रयोगपछि मोस्चराइजरका प्रयोग गर्नु पर्छ ।
हातमा लगाएको स्यानिटाइजरको असरबाट बच्न यसको प्रयोग पछि मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।
त्यसैले जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नुपर्दछ ।
जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौँ । त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन ।
जाडोमा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुदाँ प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो ।
मोस्चराइजिङ क्रिम लगाउँदा ध्यान दिनुपर्ने कुरा
मोस्चराइजजिङ क्रिम, लोसन जाडो र गर्मी महिनाको भिन्न हुन्छ ।
गर्मीमा प्रयोग गर्ने क्रिमले जाडोमा काम नगर्नपनि सक्छ त्यसैले जाडोमा प्रयोग गर्ने मोस्चराइज क्रिम र लोसनको प्रयोग गर्नु पर्छ । किनभने जाडोमा प्रयोग गर्ने लोसनमा बढी मोच्चराइज वा चिल्लो खालको हुन्छ ।
जाडो मौसममा हामीले धेरै ग्लिसिरिनको प्रयोग गर्ने गर्दछौँ । त्यो राम्रो पनि हो । ग्लिसिरिनको प्रयोग गर्दा ग्लिसिरिन मात्रा प्रयोग गर्नुहुदैँन ।
ग्लिसिरिनमा पानी सोस्ने शक्ति हुन्छ र ग्लिसिरिन मात्र प्रयोग गर्नाले शरीरमा भएको चिल्लो प्रदार्थलाई सोसेर छाला झन् सुख्खा बनाउने गर्दछ ।
त्यसैले ग्लिसिरिनको प्रयोग गर्दा जहिले पनि एक चम्चा ग्लिसिरिनमा दुई चम्चा पानी वा रोज वाटर वा कागती मिसाएर प्रयोग गर्दा उपयुक्त हुन्छ ।
जाडोमा खुट्टा फुटेर हैरान भैइन्छ । त्यो बेलामा खुट्टा फुट्ने समस्या भएकाहरुले खुट्टालाई बनाएको क्रिम लगाउनु पर्छ । त्यस्तो क्रिममा धेरै मोस्चराइज केमिकल हालेर बनाइएकोले फुटेको खुट्टा छिटो निको हुन मदत गर्छ ।
जाडोमा नुहाउदा तातो पानीको प्रयोग गर्ने हुँदा शरीर सुख्खा हुन्छ । त्यसैले सकेसम्म नुहाउँदा धेरै तातो नभइ मनततो पानीले नुहाउने गर्नु पर्छ ।
नुहाइ सकेपछि पानी पुछेर शरीरभर मोस्चराइज लोसनको प्रयोग गर्दा शरीरको चिल्लो कम हुन पाउदैँन ।
जाडोमा कपाल रुखो हुने हुदा हप्ताको एकपटक तेल लगाउनु पर्दछ र छिटो छिटो कपालमा स्याम्फु प्रयोग गर्नु हुदैन । धेरै स्याम्फुको प्रयोगले कपाल रुखो हुन्छ ।
जाडो मौसममा बच्चाहरुलाई चिलाउने समस्या बढ्न सक्छ। त्यसैले राति सुत्नुभन्दा अगाडी तेल लगाइदिनु पर्छ ।
बच्चालाई उनीको लुगाभित्र जहिले पनि सुतिको लुगा लगाइदिनु पर्छ । त्यसो गर्दा चिलाउने समस्या कम हुन्छ ।
(प्रा डा भट्टराई काठमाडौँ मेडिकल कलेजकी वरिष्ठ छाला रोग विशेषज्ञ हुन्।)
प्रतिक्रिया