सोमबार, कार्तिक १ २०७८

विश्वमा आजः वोत्सवाना स्वतन्त्रदेखि इन्डोनेसियामा सेनाको विद्रोह

विश्वमा आजः वोत्सवाना स्वतन्त्रदेखि इन्डोनेसियामा सेनाको विद्रोह


Nepal Manch
असोज १४ २०७८, बिहिबार

एजेन्सी:आज सेप्टेम्वर ३० । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए ।

प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

इन्डोनेसियामा सेनाको विद्रोह

सन् १९६५ मा इन्डोनेसियामा सेप्टेम्वर ३० मा सेनाको एउटा समूहले एउटा असफल कु प्रयास गरेको थियो । भोलिपल्ट सो समूहले ६ जना सेनाको अपहरण गरि हत्या गरेको थियो । राष्ट्रपतिको सुकार्नोलाई सत्ताच्युतको प्रयासस्वरुप सेनाले विद्रोह गरेका थिए ।

विवादास्पद कार्टुन
सन् २००५ मा डेनमार्कको पत्रिका ज्यालन्डस पोस्टेनले मुस्लिम धर्मगुरू मोहम्मदको कार्टून छापेको थियो । कार्टूनको बिरोधमा देशका विभिन्न भागमा प्रदर्शन र दंगा भएका थिए ।

वोत्सवाना स्वतन्त्र
सन् १९६६ मा वोत्सवाना संयुक्त अधिराज्य वेलायतबाट स्वतन्त्र भएको थियो ।

वर्लिन विमान सेवा बन्द
वर्लिनलाई लगातार १५ महिना विमान सेवा प्रदान गरेको अमेरिकी हवाई फौजले नेतृत्व गरेको वर्लिन विमानले सन् १९४९ देखि आफ्नो सेवा रोकेको थियो । सोभियत युनियनले पश्चिमा मुलुकलाई वर्लिनको पहुँचमा रोक लगाएपछि विमान सेवा रोकिएको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट