
मुम्बई: प्रहरी र कानुन भन्दा माथि कोही पनि हुँदैन । कानुन र प्रहरीको नजरमा सबै समान हुन्छन्, चाहे ति सेलिब्रेटी हुन् वा आमनागरिक ।
जसले गर्छ, उ कारवाहीमा पनि पर्छ । त्यसैको उदाहरण हो, भ्यालेन्टाइनको दिनमा श्रीमतीसँग सडकमा निस्केका विवेक ओबेरायँ ।
बलिउड नायक विवेक भ्यालेन्टाइन डेको दिनको एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेर समस्यामा परेका छन्।
भ्यालेन्टाइनको दिन अर्थात् फेब्रुअरी १४ मा मा विवेक श्रीमतीसँग बाइक राइडमा निस्केका थिए । बाइक चलाउने बेलामा उनले न त मास्क लगाएका थिए, न त उनको टाउकोमा हेलमेट नै थियो।
यौ सबै हुँदाहुँदै पनि विवेकले सोसल मिडियामा बाइक चलाएको भिडियो पोष्ट गर्दै लेखे ‘भ्यालेन्टाइन डेको राम्रो सुरुवात । म, पत्नी र ओ मजा आयो’ भन्ने क्याप्सन राखेर भिडियो सोसल मिडियामा पोष्ट गरे ।
विवेकले पोष्ट गरेकोे भिडियो सोसल मिडियामा भाइरल भयो । यो भिडियोमा मुम्बई पुलिसको नजर प¥यो ।
पुलिसले उनै नायकलाई ५ सय रुपैयाँ जरिवाना तिराएको छ । प्रहरी निरीक्षक नन्दकिशोर जाधवले शुक्रबार साझ ७ बजेर २ मिनेट जाँदा जरिवानाका लागि रसिद काटेको बताए ।
विवेकविरुद्ध मोटरव्हील एक्टको सेक्सन २९÷१७७ र एपिडेमिक एक्टको कारबाही गरिएको हो ।
विवेकका विरुद्ध जूहू पुलिस स्टेशनमा एउटा केस पनि दर्ता भएको छ । प्रहरीको कारवाहीपछि विवेकले कुनै प्रतिक्रिया दिएका छैनन् ।
विवेकको भिडियो हेरेर सामाजिक सञ्जालमा उनको मजाक उडाइरहेका छन् ।
प्रतिक्रिया