काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाका पक्षमा फैसला गरे आन्दोलनमा जाने उद्घोष गरेका छन् ।
शनिबार नेकपा ओली पक्षले विराटनरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संविधान अनुसार संसद पुनर्स्थापना हुनै नसक्ने दावी गरे ।
उनले अदालतमा सेटिङ, धम्की वा जालझेलले सरकारको निर्णयविपरीत फैसला आए आफू आन्दोलनमा जाने उद्घोष समेत गरे ।
‘तपाइँहरु चुनावमा जुट्नुस्, अरुले जित्नुपर्ने कुनै कारण छ र ? कुनै कारण छैन । हामीले जित्नुपर्छ । सूर्य चिन्ह हामीले पाउँछौं । चुनाव हुन्छ नै । यो आत्मविश्वासका साथ अगाडि बढ्नुस्,’ सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यदि कुनै जालझेल, सेटिङ, तिकडम केही भएर देश र जनताका विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरी पनि अगाडि बढ्छ । फेरी पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छाैं ।’
सर्वाेच्च अदालतलाई सरकारले प्रभावित पार्न खोजेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले उल्टै अदालतमा सेटिङबाहेक फैसला आफ्नो पक्षमा आउने दावी गरे ।
उनले संसद विघटन गर्ने सरकारको निर्णय जायज भएको तर्क गर्दै अदालतले पनि सरकारको निर्णयलाई सदर गर्ने विश्वास गरे ।
सरकार संविधान अनुसार चलेको जीकिर गर्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापनाका पक्षमा फैसला आए आन्दोलनमा जाने उद्घोष गरे ।